काठमाडौं । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट हुँदै नेपाल आउनासाथ पक्राउ परेका चार भुटानी शरणार्थीलाई अमेरिका जानुअघिको अवस्थामा राख्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई अमेरिका जानुअघिको अवस्थामै राख्न आदेश दिएको हो । अमेरिकामा तेस्रो देशमा पुनर्वास हुनुअघि उनीहरू झापाको शरणार्थी शिविरमा थिए ।
उनीहरूलाई झापाको बेलडागी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानहद तोकेर राख्नु भनी आदेश दिएको हो । सर्वोच्चको आदेश अनुसार अब प्रहरीले उनीहरूलाई थुनामुक्त गर्नुपर्नेछ ।
सर्वोच्च अदालतले दुई महिनाभित्र उनीहरूमाथिको अनुसन्धान टुङ्ग्याउन पनि आदेश जारी गरेको छ ।














