Logo
Logo

एनएमबि बैङ्कको सीईओ गोविन्द घिमिरे नियुक्त


441
Shares

काठमाडौं । एनएमबि बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यभार बुधवारबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हालेका छन् । तीन दशकभन्दा बढी बैङ्किङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ बर्षदेखि एनएमबि बैंकमा कार्यरत थिए ।

उनले बैङ्कको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व समालेका थिए । उनी बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत थिए । उनले बैङ्कको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन् ।

उनको योगदानहरू बैङ्कको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्त्वपूर्ण रहँदै आएका छन् । उनले एनएमबि बैङ्कको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैङ्किङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाउँदै आएका छन् । उनको बैङ्किङ अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैङ्कले लिएको छ ।

नव नियुक्त कार्यकारी अधिकृत घिमिरेले प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै बैङ्क सञ्चालक समिति तथा व्यवस्थापन समक्ष आगामी योजना तथा बैङ्कको प्रगतिका आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

साथै, बुधवारदेखि लागु हुने गरी बैङ्कका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैङ्कहरूमा कार्य गरि कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग व्यवसायमा गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।

उनीहरुको नियुक्ति सँगै एनएमबि बैङ्कले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वको स्वागत गर्दै ‘समृद्ध नेपाल’को उद्देश्य तर्फ कदम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्