Logo
Logo

राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जाउँ : राजेन्द्र लिङ्देन


693
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जाने सहमति गर्न आवश्यक रहेको बताएका छन् । आजबाट सुरु भएको बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङ्देनले संविधानले दिएको अधिकार प्रयोग गरेरै निरंकुशताको विरोध गरिरहेको बताए ।

उनले वर्तमान व्यवस्थाले मुलुकका समस्या समाधान गर्न निकास नदिने भन्दै राजादेखि गणतन्त्रवादीसम्म अटाउने नयाँ व्यवस्थामा जाने सहमति गर्न आवश्यक रहेको बताए । 

‘हामीले यो संविधानको शपथ खाएका छौँ । यो संविधानले आलोचना गर्ने र संविधान संशोधन गर्ने अधिकार दिएको छ । अब ढिला गर्न हुँदैन, राजादेखि गणतन्त्रसम्म सबै अट्ने मौलिक व्यवस्थामा जान सहमति गरौँ,’ उनले भने ।

लिङ्देनले नेता फेरिएर वर्तमानको समस्या समाधान नहुने भन्दै व्यवस्था नै परिवर्तन गर्ने आवश्यक रहेको बताए ।  उनले भने , ‘नेताले भ्रष्टाचार गर्छ । अख्तियार र अदालतले भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्नु पर्ने तर अख्तियारमा आफैँले सिफारिस गरेका मान्छे छन् । न्यायाधीश आफैँले सिफारिस गरेका छन् । त्यसैले अब यो व्यवस्थामा आमुल परिवर्तन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्