Logo
Logo

वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि


441
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेखनीय वृद्धि देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा कुल वैदेशिक लगानी प्रतिबद्धता करिब २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो प्रतिबद्धता १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ मात्र रहेको थियो ।

कुल लगानी प्रतिबद्धतामध्ये अनुदानको हिस्सा २५.७ प्रतिशत रहेको छ भने ऋणको हिस्सा ७४.३ प्रतिशत रहेको छ ।

क्षेत्रगत रूपमा हेर्दा, कुल प्रतिबद्धतामध्ये सबैभन्दा बढी २५.४ प्रतिशत ऊर्जा क्षेत्रमा केन्द्रित छ । त्यस्तै, वातावरण तथा जलवायु क्षेत्रमा २१.७ प्रतिशत, सिँचाइमा १२.८ प्रतिशत, यातायातमा ६ प्रतिशत, विपद् व्यवस्थापनमा ९.१ प्रतिशत, खानेपानीमा ११.५ प्रतिशत, कृषि र सामाजिक क्षेत्रमा समान रूपमा ४.३ प्रतिशत लगानी प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयका अनुसार सुशासन क्षेत्रमा भने सबैभन्दा कम, मात्र ०.२ प्रतिशत लगानी प्रतिबद्धता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्