Logo
Logo

एनएसएल : विजेता टोलीले ८० लाख रुपैयाँ पाउने


1.3k
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको विजेताले ८० लाख रुपैयाँ  पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशी घोषणा गरेको हो । दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

विजेता र उपविजेता दुवै टोलीले पाउने रकममा गत वर्षको तुलनामा १० लाख रुपैयाँ वृद्धि गरिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साबिक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल हुनेछ । ललितपुर दोस्रो र पोखरा पहिलो पटक फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा ललितपुरले र दोस्रो क्वालिफायरमा पोखराले धनगढी एफसीलाई हराउँदै फाइनलमा एकअर्कासँगको‌ भेट पक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्