Logo
Logo

 नेप्सेमा दोहोरो अंकको गिरावट


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिन सामान्य अङ्क बढेर बन्द भएको नेप्से, सोमबार भने घटेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक १४.५३ अङ्क घटेर २६४७.०७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अङ्क घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार १० अर्ब ८७ करोडको सेयर खरिदबिक्री भएको बजारमा ३२७ स्टकको ७६ हजार ९९८ पटकको कारोबारमा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार रूपैयाँ बराबरको २ करोड ३६ लाख ८९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १०४ रुपैयाँ २० पैसा बढेर १ हजार १४६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफको ८६ रुपैयाँ १० पैसा बढेर ९४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ७ प्रतिशत बढेको छ । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.४५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको कारोबार रकम ३८ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ । घटेका अरू उपसमूहहरूको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्