काठमाडौं । दि कोर क्याम्प सिनियर अभ्यास म्याच नेपाल नीलोले नेपाल हरियोलाई ६४ रनले हराएको छ। जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो ।

ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए । २ विकेटको नोक्सानीमा टिमले ३६ रन मात्र बनायो । यसपछि आशिफ शेख र आकाश त्रिपाठीले तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे ।
आशिफ ५६ रन जोडेर आउट भएपछि अन्य खेलाडी क्रिजमा जम्न सकेनन् । आकाशले ३७ रन र सोमपाल कामी अविजित २४ रननमा रहे ।
चार खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । बलिङमा युवा बलर युवराज खत्रीले ९ ओभरमा २८ रन दिएर ४ विकेट लिए। कुशल मल्लले २ विकेट लिए ।
यसअघि तल्लो मुलपानी मैदानमा नेपाल नीलोले टस जित्दै पहिले ब्याटिङ गर्यो । निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २९ रनको योगफल खडा गर्यो ।
ओपनर अनिल कुमार शाह र सकिब हकले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरे । अनिल ३१ रनमा आउट भए । लगतै सकिब १९ रनमा, कप्तान रोहित पौडेल मात्र ६ रनमा, प्रज्वल थापा ३ रनमा र कुशल मल्ल पनि १ रनमा आउट हुन पुगे । १ सय २० रन बनाउँदा नेपाल नीलोले ५ विकेट गुमायो ।
तेस्रो क्रमका देव खनाल र सातौं क्रमका गुल्सन झाले छैटौँ विकेटको लागि ५३ रनको साझेदारी गरे । ८३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै देवले टिमको लागि सर्वाधिक ७७ रनको इनिङ्स खेले । गुल्सनले ४२ रन जोड्दा करण केसीले २४ रन जोडे । बलिङमा सागर ढकालले ९ ओभर बलिङ गर्दै २७ रन मात्र दिएर ३ विकेट लिए। रसिद खानले २ विकेट झारे ।