Logo
Logo

कोर क्याप : नेपाल रेडको लगातार दोस्रो जित


630
Shares

काठमाडौं। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्यापमा लगातार दोस्रो जित निकालेको छ।  आज भएको खेलमा नेपाल रेडले नेपाल यल्लोलाई आठ विकेटले पराजित गरेको हो । यल्लोको कप्तानी दीपेन्द्रसिंह ऐरीले गरेका थिए ।

यसअघि रेडले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल ब्ल्युलाई १९९ रनले पराजित गरेको थियो । यल्लोले भने आसिफ शेखको कप्तानीमा रहेको नेपाल ग्रिनलाई १७ रनले हराएको थियो । 

यल्लोले दिएको १५९ रनको लक्ष्य पछ्याएको रेडले २९.४ ओभरमा दुई विकेट गुमाउँदै १६२ रन बनायो ।

रेडका अर्जुन साउदले सर्वाधिक ८६ रन बनाए । अविजित रहेका उनले ९६ बलमा १२ चौका र एक छक्का प्रहार गरे । शुभ कंशाकार ३० र त्रितराज दास २९ रनमा आउट हुँदा बसिर नौ रनमा अविजित रहे । यल्लोका अभिनाष बोहरा र अजय चौहानले समान एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्