Logo
Logo

भोलिदेखि लकडाउन अन्त्य, १५ गतेदेखि होटल/रेष्टुरेन्ट खुल्ने, १ भदौदेखि लामो दुरीका सवारी चल्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ साउन ।
सरकारले आज बेलुकादेखि लागु हुने गरी लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । अब उच्च स्वास्थ्य सतर्कताका साथ जीवनशैलीलाई सामान्य अवस्थामा लैजान लागिएको छ ।


लकडाउन अन्त्य भएपनि शिक्षण संस्थाहरु भने तत्काल खुल्ने छैनन् । होटल र रेष्टुरेन्ट १५ साउनदेखि खुल्ने छन् । लामो दुरीका सवारी साधन तथा हवाई सेवा १ भदौदेखि खुल्ने अर्थमन्त्री डा युवराव खतिवडाले बताए ।
१ भदौदेखि भर्ना लिइने तर पठनपाठन भने पछि मात्र सुचारु हुने छ । सवारी साधनमा जोर बिजोर प्रणाली पनि हटाइएको छ भने सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्ट प्रणाली पनि अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्