काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) बीच भिडन्त हुँदैछ । दुवै टिम प्लेअफको दौडमा रहेका छन् ।

खेल साँझ ७:३० बजे सुरु हुनेछ । यी दुईबीचको देल मुम्बईको घरेलु मैदान वानखेड़े स्टेडियममा हुने छ । एमआईले पछिल्ला केही खेलहरूमा शानदार प्रदर्शन गर्दै आएको छ भने आरआर पनि पछिल्ला खेलमा बलियो देखिएको छ ।
एमआई अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । आरआर अंकतालिकाको आठौँ स्थानमा रहेको छ । आरआरले १० खेलमा जम्मा तिन खेल मात्रै जितको छ । एमआईले समान खेलमा ६ खेल जितेको छ ।
आइपिएल यी दुई टिमबिच अहिलेसम्म ३० खेल भएका छन् जसमा एमआईले १५ खेल जितेको छ भने, आरआरले १४ खेल जितेको छ ।