काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गरेका छन् । नीति तथा कार्यक्रमले पुँजी बजारलाई सशक्त र पारदर्शी बनाउन विभिन्न पहल गरिने उल्लेख गरिएको छ ।

सरकारले शेयर तथा पुँजी बजारलाई चलायमान बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितो पत्र बोर्डको पुनर्संरचना गरिने जनाएको छ । साथै, पुँजी बजारमा पारदर्शिता सुनिश्चित गर्ने गरी आवश्यक सुधार र व्यवस्थापन गरिने जनाइएको छ ।
यस वर्षको नीति तथा कार्यक्रम युवामुखी रहेको बताइएको छ । युवामा आशा जगाउने, उद्यमशीलता प्रवर्द्धन गर्ने, सीप विकास, स्टार्टअप र व्यावसायिक योजना निर्माणलाई प्राथमिकता दिइनेछ । साथै, सरकारी खर्च वृद्धि गर्दै सुशासन कायम गर्ने विषयमा समेत नीति तथा कार्यक्रम केन्द्रित हुने उल्लेख छ ।