Logo
Logo

बैंकहरूको खराब कर्जा व्यवस्थापन लागि कम्पनी स्थापना गरिने


189
Shares

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले बैङ्कहरूको गैर बैङ्किङ सम्पत्ति र खराब कर्जा सम्हाल्नका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ ।

पछिल्लो समय बैङ्कहरूको खराब कर्जा बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निष्क्रिय कर्जा ४.९ प्रतिशत पुगेको छ । त्यस्तै बैङ्कहरूले ऋणीको धितो विशेषतः घरजग्गा लिलामी नभई बैङ्कहरूले नै सकारेको सम्पत्ति बढेको छ ।

खराब कर्जा र गैर बैङ्किङ सम्पत्ति व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनालाई सरकारले प्राथमिकता दिएको छ । नेपाल राष्ट्र बैङ्कले कम्पनी सञ्चालनका लागि ऐन ड्राफ्ट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्