काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले स्नातक माथिका विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो ।

‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला निश्चित गरी ’कमाउँदै-पढ्दै’ को नीति लागु गरिनेछ,’ राष्ट्रपति पौडेलले भने । स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने पनि सरकारको नीति छ ।