Logo
Logo

यी राजमार्ग आंशिक तथा पूर्णरुपमा अवरुद्ध


630
Shares

काठमाडौं । रातिदेखि परेको अविरल वर्षाका कारण देशभरका विभिन्न राजमार्ग आंशिक तथा पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण आज बिबहान साढे १० बजेसम्म कान्ती लोकपथ र पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै पृथ्वी लोकमार्गको बेनिघाट रोराङ गाउँपालिका ७ स्थित कृष्ण भिरमा पहिरो जाँदा सो सडक एकतर्फी अञ्चालनमा आएको छ । अरनीको राजमार्गस्थित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोप्लाङमा अविरल वर्षाका कारण एकतर्फी सडक सञ्चालनमाा आएको छ ।

त्यसैगरी नवलपरासी पूर्वको विनयी खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । त्यहाँ पनि सवारीसाधन एकतर्फी सुचारु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्