Logo
Logo

कारको ठक्करबाट बाबु छोरीको मृत्यु


378
Shares

काठमाडौं । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो ।

हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते बलिरामको स्थानीय हाइवे ट्रमा सेन्टर र उर्मिलादेवीको एलएस न्युरो अस्पताल बारामा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

प्रतिक्रिया दिनुहोस्