Logo
Logo

काठमाडौं प्रहरीको हिरासतबाटै ६ जनाले दिए कक्षा १२ को परीक्षा


252
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका ६ अभियुक्तले कक्षा १२ को वार्षिक परीक्षा दिएका छन् ।

परीक्षा दिनेहरुमा गत चैत १५ गते तिनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा भाटभटेनी लुटपाट गरेको आरोपमा पक्राउ परेका, सवारी ज्यानसम्बन्धी कसुर, अभद्र व्यवहार गायतका मुद्दाका आरोपी लगायत छन् ।

आजबाट सुरु भएको वार्षिक परीक्षाको तयारीमा रहेका तर, विभिन्न कसुरमा पक्राउ परेकाहरुको शिक्षाको हकलाई ख्याल गर्दै परीक्षा दिने व्यवस्था गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए । उनीहरुको परीक्षाका लागि प्रहरीले केन्द्राध्यक्ष नै बोलाएर छुट्टै गार्ड र बेञ्चको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्