Logo
Logo

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रूलिङ


441
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूलाई रूलिङ गरेका छन् । सभाको आजको बैठकमा अध्यक्ष दाहालले नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई रूलिङ गरेका हुन् । 

‘आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँदछु,’ आजको बैठकमा अध्यक्ष दाहालले भने ।

प्रतिक्रिया दिनुहोस्