रौतहट । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका–४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए ।
मृत्यु हुनेमा रौतहटकै गरुडा नगरपालिका– ३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनी छन्। तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक बलिरामको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार उनकी छोरी ४० उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।











