Logo
Logo

लेखा समितिमा नआउने प्रधानमन्त्री राजा हो : अमरेशकुमार सिंह


1.8k
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समिति सरकारको छाया बनेको बताएका छन् । आइतबार बसेको समितिको बैठकमा लेखा समिति सरकारको छाया बनेको आरोप लगाएका हुन् ।

उनले भने, ‘लेखा समिति आजको दिनमा सरकारको छाया हो । यस्तो हुन हुँदैन । लेखा समिति संसद्को छाया हुन हुँदै हुँदैन ।’ 

सिंहले समितिको बैठकमा लेखा समितिको बैठकमा प्रधानमन्त्री र मुख्य सचिवलाई नबोलाएको भन्दै आपत्ति जनाए । उनले भने, ‘मुख्यसचिव र प्रधानमन्त्रीलाई बोलाउन सकेको छैन । लेखा समितिले प्रधानमन्त्रीलाई राजाभन्दा बढी मान्छ, उसले बोलाउनै हुँदैन भन्छ ।  दुई वर्षसम्म किन प्रधानमन्त्री र मुख्यसचिवलाई बोलाउन नसकेको ?’

प्रतिक्रिया दिनुहोस्