Logo
Logo

कक्षा १२ को प्रश्न पत्र बाहिरिएको सूचना भ्रामक : राष्ट्रिय परीक्षा बोर्ड


504
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को अनिवार्य अङ्ग्रेजी विषयको प्रश्न पत्र परीक्षा अगावै चुहावट भएको भनी सामाजिक सञ्जालमा फैलिएको सूचनालाई भ्रामक र तथ्यहीन भएको बताएको छ ।

बोर्डले आज एक विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा भक्तपुर जिल्ला परीक्षा समन्वय समिति, प्रमुख जिल्ला अधिकारी तथा बोर्डका कर्मचारीहरूको टोलीले सम्बन्धित परीक्षा केन्द्रमा गएर छानबिन गरेको जानकारी दिएको छ । छानबिनबाट सामाजिक सञ्जालमा राखिएको प्रश्न पत्र पुरानो र पहिले नै प्रयोग भइसकेको पाइएकाले त्यस्ता सूचनामा कुनै सत्यता नभएको पुष्टि भएको बोर्डले जनाएको छ ।

‘परीक्षा जस्तो संवेदनशील विषयमा भ्रामक सूचना फैलाउने कार्य गम्भीर विषय हो,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ,’यस्ता कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।’

बोर्डले परीक्षार्थीहरूलाई यस्ता गलत सूचनामा विश्वास नगरी अध्ययनमा केन्द्रित रहन र भविष्यमा पनि सामाजिक सञ्जालमा यसप्रकारका भ्रामक सामाग्री नफैलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्