Logo
Logo

नेपाली राष्ट्रिय महिला टोली दिल्लीसँग पराजित


1.1k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ । आइतबार भएको खेलमा दिल्लीसँग नेपाल ३२ रनले विजयी भएको हो ।

दिल्लीले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले चार बल बाँकी रहँदै सबै विकेट गुमाउँदै १०५ रन मात्रै बनायो । नेपालकी रुविना क्षेत्री बेलबासेले सर्वाधिक ३८ रन बनाइन् । ४० बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरिन् ।

कप्तान इन्दु बर्मा १८ र उपकप्तान पूजा महतो १५ रनमा आउट हुँदा अन्यले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् । दिल्लीकी लपरले सर्वाधिक चार विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

दिल्लीका नजमा खानले सर्वाधिक ८० रन बनाइन् । ५८ बल खेलेकी उनले १० चौका र एक ५क्का प्रहार गरिन् । दिक्क्षा शर्मा २६ र पर १७ रनमा आउट भइन् । नेपालकी सबनम राईले सर्वाधिक तीन विकेट लिइन्। कविता जैशी र मनिषा उपाध्ययको नाममा समान दुई विकेट लियो ।

प्रतिक्रिया दिनुहोस्