Logo
Logo

अदिश खड्कालाई ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक 


252
Shares

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले आइतवार भएको खेलमा च्याम्पियन हुन कूल ६.२३ अंक जोडे ।

दश दिनमा अदिशको यो दोश्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१ औँ वटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही खेलमा रजत जितेका थिए ।

वटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ सम्म भएको थियो । अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेश्रो डान प्राप्त खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्