काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, दुई नेताबीचको भेटघाट शान्ति प्रक्रियासँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारी नियुक्तिको विषयमा केन्द्रित छ ।
छलफलका क्रममा प्रचण्डसँग माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी रहेका छन् । बैठकमा नेकपा ९एमाले० का नेता अग्नि खरेलको उपस्थिति रहेको छ ।
सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरिसकेको छ । तर, आयोगमा नियुक्तिका विषयमा प्रमुख तीन दलबीच अझै सहमति जुट्न सकेको छैन ।
यसअघि वैशाख १८ गते प्रमुख दलहरूबीच आयोगसम्बन्धी सहमति खोज्न बोलाइएको बैठकमा प्रचण्ड अनुपस्थित भएका थिए । प्रधानमन्त्री ओलीले सिंहदरबारमा बोलाएको उक्त बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मात्र सहभागी भएका थिए ।