Logo
Logo

पार्टीभित्रका समस्या सार्वजनिक मञ्चमा ल्याउनु अनुचित : एमाले


441
Shares

काठमाडौं ।  सत्तारुढ नेकपा एमालेले दलहरूभित्र उत्पन्न हुने आन्तरिक समस्याहरूलाई सार्वजनिक रूपमा राष्ट्रिय राजनीतिको मञ्चमा ल्याउनु उचित नहुने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै भने, ‘राजनीतिक दलहरूभित्र आन्तरिक समस्या हुनु स्वाभाविक हो । तर ती समस्यालाई राष्ट्रिय राजनीतिमा पोख्नु नकारात्मक हुन्छ ।’

उनका अनुसार, पार्टीभित्रका समस्या समाधान गर्ने जिम्मेवारी सम्बन्धित पार्टीकै हो । ज्ञवालीले भने, ‘हाम्रो पार्टीमा केही समस्या छन् भने त्यसको समाधान हामी आफैँले गर्नुपर्छ । ती समस्यालाई राष्ट्रिय राजनीतिमा जोडेर समाधान खोज्न थालियो भने त्यसले राम्रो परिणाम दिँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

प्रतिक्रिया दिनुहोस्