Logo
Logo

आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा


378
Shares

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्दै इरानी टोली प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

 

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा पहिले सेट २०-२५ ले गुमाएको इरानी टोलीले त्यसपछिका तीन सेट २५-२०, २८-२६, २६-२४ ले जितेको हो ।  इरानी टोली समूह ‘ए’ को विजेता तथा आर्मी समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्