काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका व्यवसायी दुर्गा प्रसाईँको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले उनको उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले क्यान्सर पीडित प्रसाईँको तारेख वा हाजिर जमानीमा रिहाइको निवेदनमाथि सुनुवाइ गर्दै तत्काल रिहाइ सम्भव नभएको तर आवश्यक स्वास्थ्य उपचार सुनिश्चित गर्नुपर्ने निर्णय सुनाएको हो ।
यसअघि पनि अदालतले उनको स्वास्थ्यका लागि उपचारको व्यवस्था गर्न निर्देशन दिएको थियो । तर, उनी अझै हिरासतमै रहेका छन् । अदालतले ज्यानसम्बन्धी कसुरमा बयान दिन बाँकी रहेको उल्लेख गर्दै तारेख वा जमानीमा रिहा गर्न नमिल्ने स्पष्ट पारेको छ ।














