काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत अवधि थप गरिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार छैटौँ पटक म्याद थप गर्दै उनलाई थप पाँच दिनसम्म प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि मिश्रलाई अनुसन्धानका लागि पटक–पटक हिरासतमा राखिँदै आएको छ । अब उनलाई अझै पाँच दिन प्रहरी नियन्त्रणमै राखेर अनुसन्धान अघि बढाइनेछ ।
यता, काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका व्यवसायी दुर्गा प्रसाईँको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अदालतले उनको आवश्यक उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ । अदालतले प्रसाईँको स्वास्थ्य जाँच तथा उपचारमा लापरबाही नगर्न र आवश्यक चिकित्सा सेवा उपलब्ध गराउन आदेश गरेको छ ।














