Logo
Logo

प्रधानमन्त्रीले कुलमानलाई समर्थन गरेको झोँकमा मन्त्रीलाई हटाए : प्रचण्ड


1.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई समर्थन गरेको झोँकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई हटाएको आरोप लगाएका छन् । 

प्रतिनिधिसभामा आजबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा धारणा राख्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाइ छोड्नुभयो । कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई पनि निष्काशित गर्नुभयो ।’ प्रचण्डले बिजुलीको अर्बौँ बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई विद्युत् प्राधिकरणको नेतृत्वबाट हटाएको बताए ।

‘अर्बौँ बक्यौता नतिर्नेहरूलाई खुसी पार्न पनि कुलमानलाई हटाउनुभयो,’ उनले भने, ‘तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने चिन्ता पलाएन ।’

प्रतिक्रिया दिनुहोस्