Logo
Logo

ईपीएस पास गरेको १८ महिना बित्दा पनि कोरिया जान नपाएपछि धर्ना 


1.1k
Shares

काठमाडौं । कोरिया जान पाउने मागसहित भाषा परीक्षा पास गरेका युवाहरूले वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखा अगाडि धर्ना दिएका छन् । भाषा परीक्षा उत्तीर्ण गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएको गुनासो गर्दै उनीहरूले तीन दिनदेखि निरन्तर धर्ना जारी राखेका हुन् ।

भाषा परीक्षा पास गरेर बसेको १८ महिना भइसकेको तर अहिलेसम्म कोरिया नपाएको धर्नामा सहभागीहरूको गुनासो रहेको छ । रोस्टरको अवधि दुई वर्षको भए पनि  केही महिना मात्रै बाँकी रहेकाले अब पनि जान नपाउने हो भने भविष्य अध्यारो हुने उनीहरूको गुनासो रहेको छ । 

पानीजहाज निर्माण (शिप बिल्डिङ) क्षेत्रमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका मध्ये करिब ४ सय जना मात्र कोरिया गएका छन् भने झन्डै ३ हजारभन्दा बढी अझै प्रतीक्षामा छन् । उनीहरूको रोस्टर अवधि सकिन केही महिना मात्रै बाँकी रहेको भन्दै समयमै कोरिया पठाउन दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्