काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित गठन गरिएको संयुक्त जनआन्दोलन समितिले राजसंस्था पुनर्स्थापनाका आन्दोलनमा उत्रिने घोषणा गरेको छ । समितिको सोमबार काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बसेको बैठकले आन्दोलनको घोषणा गरेको हो ।

यसअघि, गत चैत्र १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा झडप हुँदा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । घटनापछि अवाञ्छित गतिविधिको आरोपमा आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईं, रविन्द्र मिश्र, धवलशमशेर राणा लगायतका नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
संयुक्त जनआन्दोलन समितिले सरकारलाई आन्दोलन रोक्नका लागि माग सम्बोधन गर्न चेतावनी दिँदै, संविधानअनुसार राजसंस्थाको पुनर्विचारको माग गर्दै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ ।