Logo
Logo

संसद्मा अमरेशकुमार सिंह सम्झिए सर्ट खोलेर प्रदर्शन गरेको दृश्य


756
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले अहिलेको सरकारले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा सोमबारबाट सुरु भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै स्वतन्त्र सांसद सिंहले सुशासनको कुरा कागजमा नभई व्यवहारमा देखिनु पर्ने बताए ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ?। वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

उनले वर्तमान सरकार गठन भएदेखि नै साना दल, जनजाति, दलित, महिला, मधेशीमाथि चुनौती बढेको बताए । उनले भने, ‘दुईतिहाइको सरकार नाङ्गो हिँडिरहेको छ । यो सरकार बनेदेखि नै साना दलमाथि चुनौती बनेको छ । जनजाति, दलित, महिला, मधेशीलाई समाप्त गर्न सरकार लागि परेको छ ।’

उनले शिक्षा, स्वास्थ्य र सडक ध्वस्त हुँदा पनि सरकारले केही नगरेको आरोप लगाए । उनलने भने, ‘अहिले पानीजहाज आवश्यक छैन । रेलको आवश्यकता छैन । आवश्यक परेको सडक हो । तर, सडक बनाउनेतिर सरकारको ध्यान छैन । सरकारले बिचौलिया प्रदा गरेको छ । कामकारबाहीमा दलालतन्त्र प्रदा गरेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्