Logo
Logo

साताको दोस्रो दिन पनि नेप्समा सामान्य अङ्कको गिरावट


315
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से  ९.६२ अङ्कले घटेर ओरालो लागेको छ । बजार आज ओरालो लागेसँगै २६१०.७६ को विन्दुमा पुगेको छ । 

सोमबार  ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।  ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड बराबरको सेयर कारोबार भएको छ । 

सोमबार बजारमा गिरावट आउँदा पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ । क्रेष्ट माइक्रो र लाइफ ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्