काठमाडौं । पोखराको फेवातालमा डुङ्गा सयरका क्रममा एक्कासि आएको हावाहुरी र पानीका कारण फसेका ८ जनाको सफल उद्धार गरिएको छ । शनिबार साँझ डुङ्गा चढेर फेवातालको सयरमा निस्किएका ती पर्यटकहरू अचानक मौसम खराब भएपछि तालमै अलपत्र परेका थिए ।

तीमध्ये एउटा डुङ्गा पल्टिएको थियो, जसमा सवार तनहुँ भरपुरका रेशम थापा र विजय सुनारलाई तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था सामान्य रहेको उनले बताए।
डुङ्गा सवार अन्य ६ जनाको समेत सकुशल उद्धार गरिएको छ । त्यस्तै, तालमन्दिर दर्शनका लागि गएका अन्य दर्शनार्थीहरूलाई पनि सुरक्षाकर्मीले सुरक्षित स्थानमा ल्याएका छन् ।