काठमाडौं । साफ यू-१९ फुटबल प्रतियोगितामा सहभागी हुन लागेको नेपाली राष्ट्रिय टोलीलाई सोमबार विशेष कार्यक्रमकाबीच बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाइ गरेको हो ।

भारतमा यही मे ९ देखि १८ सम्म आयोजना हुने प्रतियोगितामा नेपालसहित ६ देश सहभागी छन् । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग परेको छ। समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् भने सहायक प्रशिक्षकमा विनोद श्रेष्ठ र मंगल महर्जन छन् । टोली व्यवस्थापक रविन खड्का, गोलकिपिङ कोच सन्जिव जोशी र फिजियो अनिश बुढाथोकी रहेका छन् ।
नेपाली टोलीको खेल तालिका अनुसार पहिलो चरणमा भारत र श्रीलङ्कासँग प्रतिस्पर्धा हुनेछ । समूह चरणको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
साफ यू-१९ खेल्ने नेपाली टोलीको सूचीः
गोलकिपर : भक्त बहादुर परियार,उपेन्द्र ल्वागुङ,विशेष बानिया
डिफेन्डर : रोशन तामाङ,रोहन मोक्तान,प्रशान्त मोक्तान,कुशहाङ नेम्वाङ,मदन पौडेल,राम थापा,विजय उर्बा,सिद्धान्त खड्का
मिडफिल्डर : कृष्ण बहादुर आले,कृष थापा मगर,सरोज दर्लामी,लक्षु थापा,सबिन कुमार लुङ्गेली मगर,रञ्जित लामा,सुवास बम,विजय खड्का
फर्वार्ड: पवन पाख्रिन,धरवेन्द्र कुँवर,सुरज ढंगोल,प्रसुन तामाङ