Logo
Logo

तीनकुने घटनाः आगजनी र तोडफोडको घटनामा संलग्न थप एकजना पक्राउ


1.1k
Shares

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, लिखु गाउँपालिका–३ का ७२ वर्षीय खेमराज सेढाई छन् ।

चैत १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेको खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ द्वारा आयोजित प्रदर्शनमा उक्त घटना भएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सेढाई राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलनका समितिका सल्लाहकार हुन् ।

प्रहरी उपरीक्षक अपील राज बोहराले घटनाको अनुसन्धान जारी रहेको र सेढाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ।

प्रहरीले २५ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यसमध्ये पनि ८ जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले आपराधिक उपद्रवमा पक्राउ परेकाहरू ३३ जनालाई हाजिर जमानीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्