Logo
Logo

ट्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु


315
Shares

काठमाडौं । उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियार रहेकी छिन् ।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको ना३त ८१० नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख बबिन राईले जानकारी दिए ।

यस्तै सुनसरीको इटहरी महानगरपालिका–२० का २३ वर्षीय योजन राई घाइते भएका छन्। उनको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक ३० वर्षीय विजय विकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धाान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्