
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संसद अवरुद्ध गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारले जवाफ नदिएको भन्दै उनीहरुले उठेर विरोध गरेका हुन् ।
विरोध जनाउनुअघि नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम पक्राउ घटनाको निष्पक्ष छानबिन गर्न माग गरेकी थिइन् । त्यसपछि नाउपाका सांसद्हरुले उठेर विरोध जनाएका थिए । तर, सभामुख देवराज घिमिरेले यसबारे गृहमन्त्रीले बिहीबार जवाफ दिने जानकारी गराएपछि उनीहरुले आशन ग्रहण गरेका थिए ।
सोमबार नाउपाका सांसदहरुले रेशम पक्राउबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई सदनमा आएर जवाफ दिन आजसम्मको समयसीमा दिएका थिए । नत्र सरकारबाट बाहिरिने समेत चेतावनी दिएका थिए ।














