Logo
Logo

वर्षाले नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध


567
Shares

काठमाडौं । नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ का विश्वकर्मा मन्दिर र पैँसट्ठी मोडमा सडक हिलो भएका कारण सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । बञ्जराका अनुसार पानी पर्न रोकिएपछि डोजरले हिलो सफा गरेर सवारीसाधन गन्तव्यतर्फ पठाइनेछ ।

राति ६ घण्टा सडक बन्द गरेर विस्तार भइरहेको उक्त खण्डमा सामान्य पानी पर्दासमेत सडक पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ । आगामी असारसम्म यस खण्डको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणघाट–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । हाल दैनिकजसो सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्