Logo
Logo

कंकेश्वरी क्षेत्रमा पानी जम्दा आवागमन प्रभावित


567
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १९ अन्तर्गत पर्ने विष्णुमती कोरिडोरको कंकेश्वरी क्षेत्रमा पानी जम्दा सवारी आवागमन प्रभावित भएको छ । मङ्गलवार परेको वर्षापछि उक्त क्षेत्र जलमग्न बनेको हो ।

बारम्बारको समस्या भए पनि समाधान नहुँदा स्थानीयवासी हैरान छन् । पानी निकासको उचित व्यवस्था नहुँदा वर्षा हुने बित्तिकै सडकमा पानी जम्ने समस्या दोहोरिने गरेको छ ।

स्थानीयवासीका अनुसार वर्षा याममा यो समस्या वर्षेनि दोहोरिने गरे पनि सम्बन्धित निकायले आवश्यक ध्यान नदिएको गुनासो छ । वर्षा याम सुरु हुन नपाउँदै आएको पहिलो भारी वर्षाले नै कोरिडोर क्षेत्रको स्थिति छरपस्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस्