Logo
Logo

एमाले धनुषा जिल्ला अधिवेशनमा भाँडभैलो 


567
Shares

जनकपुरधाम । नेकपा (एमाले) धनुषाको आठौँ जिल्ला अधिवेशनमा दुई पक्षबिचको विवादले सोमबार तनावपूर्ण अवस्था सिर्जना भएको छ । निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै एक पक्षका नेताहरू धर्नामा बसेपछि स्थिति जटिल बनेको हो ।

प्रत्यक्षदर्शी प्रतिनिधिहरूका अनुसार विवाद चर्किँदै जाँदा मतपत्र च्यातिएको र कुर्सी तोडफोड गरिएको छ ।

एमालेका सचिव तथा नेता रघुवीर महासेठ निकट समूहले निर्वाचन निष्पक्ष हुनुपर्ने माग गर्दै नाराबाजी गरेको छन् । उनीहरूले मतपत्र च्यात्ने जिम्मेवार व्यक्तिमाथि कडा कारबाहीको माग गरेका छन् ।

जारी अधिवेशन वैशाख २० गतेदेखि जनकपुरमा सुरु भएको हो । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।

स्थानीय प्रहरी र पार्टीका केन्द्रीय प्रतिनिधिहरूले स्थिति नियन्त्रणमा लिन पहल थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्