Logo
Logo

सरकारले भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्‍यो : ज्ञानेन्द्र शाही


189
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार भ्रष्ट र बिचौलियाहरूको संरक्षण गर्ने मेरूदण्डको रूपमा रहेको बताएका छन् । 

मङ्गलवार सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सो बताएका हुन् । उनले देशमा कोही पनि सुरक्षित नरहेको समेत बताए । 

उनले भने,‘देशमा कोही पनि सुरक्षित छैनन् । कर्मचारी सुरक्षित छैनन्,सुरक्षाकर्मी सुरक्षित छैनन्,पत्रकार सुरक्षित छैनन्,स्वास्थ्यकर्मी सुरक्षित छैनन्,शिक्षकहरू सुरक्षित छैनन्, युवाहरू सुरक्षित छैनन्,कलाकारहरू सुरक्षित छैनन्,उद्योग व्यवसायीहरू सुरक्षित छैनन् । सिर्फ यो देशमा भ्रष्ट बिचौलियाहरू मात्रै सुरक्षित छन्। त्यसैले भन्छु यो सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने एउटा मेरुदण्ड हो ।’

प्रतिक्रिया दिनुहोस्