Logo
Logo

दुई पक्षबीच कुटाकुट भएपछि एमाले धनुषाको अधिवेशन स्थगित


2.6k
Shares

जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ ।

दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलिसम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना सुनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रह्यो ।

झडपमा पाँचजना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।

भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् ।

प्रतिक्रिया दिनुहोस्