काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएलअन्तर्गत आजको खेलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्स भिड्दै छन् । दुवै टोलीले प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यसाथ मैदान उत्रने छन् ।

मुम्बई इन्डियन्स, जसले यस सिजनको सुरुवात कमजोर प्रदर्शनबाट गरेको थियो । पछिल्ला केही खेलमा लयमा फर्किएको देखिन्छ । यी दुईबीचको खेल वानखेडे रंगशालामा हुने जो मुम्बई इन्डियन्सको घरेलु मैदान हो ।
आइपिएल यी दुई टोलीले आज सम्म जम्मा ६ खेल खेलेका छन् । जसमा गुजरात टाइटन्सले ४ खेलमा विजयी हासिल गरेको छ भने, मुम्बई इन्डियन्सले दुई खेल जितेको छ ।
आइपिएलअको यस सिजनको अङ्क तालीकामा गुजरात टाइटन्स चौँथो स्थानमा रहेको छ । जहाँ गुजरात टाइटन्सले १० खेलमा ७ खेल जितेको छ । मुम्बई इन्डियन्स भने ११ खेलमा ७ खेले जित्दै तेस्रो स्थानमा रहेको । समान खेल जितेको मुम्बई इन्डियन्स नेटरनरेटका आधारमा एक स्थान माथि रहेको छ । खेल नेपाली समयअनुसार साँझ ७:३० मिनेटमा सुरु हुनेछ ।











