काठमाडौँ । पाकिस्तानमा एक युवा क्रिकेटरको क्रिकेट खेल्दाखेल्दै अचानक मृत्यु भएको छ । स्थानीय मिडियाका अनुसार २७ वर्षीय अली तुर्ख नामका क्रिकेटरको स्थानीय क्लब क्रिकेट प्रतियोगिताको लाइभ म्याचको क्रममा हृदयघातका कारण निधन भएको हो ।

घटना पाकिस्तानको कराँचीस्थित एक मैदानमा भएको हो । म्याच खेलिरहेका बेला उनी अचानक मैदानमा लडेका थिए । तुरुन्तै उनलाई अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रत्यक्षदर्शी अनुसार खेलको दौरान उनी सामान्य अवस्थामै थिए, तर केही क्षणमै उनी ढलेका थिए । प्रारम्भिक जानकारीअनुसार उनको मृत्युको कारण हृदयाघात रहेको बताइएको छ ।
अली तुर्ख एक होनहार युवा खेलाडी थिए र उनी कराँचीमा क्लब क्रिकेटमा सक्रिय थिए । घटनापछि खेल रोकिएको थियो र साथी खेलाडी, दर्शक र आयोजक सबै स्तब्ध भएका थिए ।











