काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले उपकप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा भारतको स्थानीय टोली आरपिसिए गर्ल्सलाई चार रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ । मङ्गलवार सम्पन्न अभ्यास खेलमा नेपालले आरपिसिएलाई १२९ रनको लक्ष्य दिएको थियो, जसमा भारतको टोली १२५ रनमा सीमित रह्यो ।

नेपालको उत्कृष्ट बलिङ प्रदर्शनमा पूजा महतोले दुई विकेट लिए, भने कविता कुँवर र सबनम राईले समान एक विकेट लिएका थिए । पूजाले चार ओभर बलिङ गर्दै १९ रन मात्र खर्चिन् र महत्त्वपूर्ण विकेट्स हासिल गरिन् ।
आरपिसिएले १२५ रनको लक्ष्य पछ्याउने क्रममा नजमा खानले अविजित रहँदै सर्वाधिक ४७ रन बनाइन् । उनले ३२ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । अन्य बल्लेबाजहरू भर्रु (२९) र मानवी (२०) रनमा आउट भए ।
नेपालको ब्याटिङमा राजमती ऐरीले सर्वाधिक २६ रन बनाइन्, उनले १५ बलमा पाँच चौका प्रहार गरिन् । रुबी पोद्दार २०, कविता कुँवर १८, पूजा महतो १६ र इन्दु बर्मा १५ रनमा आउट भए । नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै आठ विकेट गुमाएर १२९ रन बनाएको थियो ।











