Logo
Logo

भारतको पाँच सैन्य जेट खसालेको पाकिस्तानको दाबी


2.9k
Shares

काठमाडौं । भारतले ‘अप्रेसन सिन्दुर’अन्तर्गत गएराति पाकिस्तानमा हवाई हमला गरेको छ । भारतले पाकिस्तान नियन्त्रित कश्मीर र पाकिस्तानी मेन भूमिमा राति हवाई हमला गरेकाे हो ।

भारतले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरी आतंकवादी केन्द्र ध्वस्त पारेको दाबी गरेको छ । यता पाकिस्तानले भारतका पाँचवटा लडाकु विमान खसालेको दाबी गरेको छ ।

पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार पाकिस्तानी सेनाले फ्रेन्च लडाकु विमान राफेल तीनवटा, एक सुखोइ र एक मिग लडाकु विमान खसालेको छ । तर यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन । पाकिस्तानले भारतीय आक्रमणको उचित जवाफ दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्