Logo
Logo

अमेरिकाले भन्यो- भारत र पाकिस्तानको स्थितिलाई निगरानी गरिरहेका छौँ


1.4k
Shares

काठमाडौं । भारत र पाकिस्तानबीचको स्थितिलाई निगरानी गरिरहेको अमेरिकाले जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौं ।’

उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबीचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ।’ विदेशमन्त्री रुबियोले भनेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत् शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’

भारतीय हवाई आक्रमणमा परी २ बालबालिकासहित ७ जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ । तर, भारतीय मिडियाले भने ३० भन्दा बढीको मृत्यु भएको उल्लेख गरेका छन् ।

पाकिस्तानले भारतीयका अक्रमणको जवाफ दिने बताएको छ । भारतीय हमलाको प्रतिक्रिया दिंदै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भनेका छन्, ‘भारतको आक्रमणको निर्णायक जवाफ दिन पाकिस्तानसँग पूर्ण अधिकार छ ।’

१५ दिनअघि कश्मीरको पहलगाम आतंककारी आक्रमणपछि भारत–पाकिस्तान तनाव चुलिएको हो । त्यसको १५ दिनपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण सुरु गरेको छ । जसका कारण भारत पाकिस्तान तनाव उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्