Logo
Logo

राक्सिराङमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर


315
Shares

काठमाडौं । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५च १३३३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा हिमाल बस्नेत, बुद्धिमान घलान, डिलबहादुर घलान, फूलमाया घलान, रुपबहादुर राउत, दीपक खड्का, सूर्य अधिकारी, कुमार तामाङ, सुजन तामाङ रहेका छन् ।

ति मध्ये ६ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्