
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाी महासंघका अनुसार आज सुन तोलामा १ हजार ७०० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन मंगलबार १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको हो ।
यसैबिच आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।














