Logo
Logo

कोशी प्रदेशसभा अधिवेशन जेठ ४ गतेदेखि


189
Shares

काठमाडौं । कोशी प्रदेशसभाको सातौं अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । बुधबार विराटनगरमा बसेको कोशी मन्त्रिपरिषद बैठकले उक्त दिन अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

कोशी सरकारका प्रवक्ता रेवती रमण भण्डारीले आगामी जेठ ४ गतेदेखि सातौं अधिवेशन आह्वान गर्न प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै बैठकले स्थानीय सरकार सेवा गठन तथा सञ्चालन नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ भने कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरिएको छ ।

यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्विकृत गर्ने निर्णय गरेको भण्डारीले जानकारी दिए ।
साथै वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्